Google Slides मार्फत सफलताका कथाहरू सुनाउनुहोस्
जुनसुकै डिभाइस प्रयोग गरी अनलाइन डकुमेन्टहरू तुरुन्तै बनाउनुहोस्, स्क्रिन सेयर गरी देखाउनुहोस् र तिनमा सहकार्य गर्नुहोस्।
Jeffery Clark
T h i s c h a r t h e l p s b r i d g i n g t h e s t o r y !
E s t i m a t e d b u d g e t
अरूसँग मिलेर सुन्दर प्रेजेन्टेसनहरू बनाउनुहोस्
सजिलै सेयर गर्न मिल्ने र वास्तविक समयमा सम्पादन गर्न मिल्ने सुविधाका सहायताले आफ्ना स्लाइडहरू सिंक गरिराख्नुहोस्। तपाईं अरूसँग मिलेर आफ्ना विचारहरूका बारेमा छलफल गर्न चाहनुहुन्छ भने कमेन्टहरू प्रयोग गर्नुहोस् र कसैलाई सम्पन्न गर्नु पर्ने कार्यहरूको जिम्मा दिनुहोस्।
विश्वासका साथ स्लाइड सोहरू सेयर गर्नुहोस्
तपाईं Slides मा सजिलै प्रयोग गर्न मिल्ने प्रिजेन्टर भ्यू, स्पिकर नोट र लाइभ क्याप्सनका सहायताले आफ्ना विचारहरू सजिलै प्रिजेन्ट गर्न सक्नुहुन्छ। यसका साथै, तपाईं सीधै Slides बाट Google Meet मा हुने भिडियो कलमा स्क्रिन सेयर गर्न पनि सक्नुहुन्छ।
Google का आफ्ना अन्य एपहरूमा सहजै कनेक्ट गर्नुहोस्
Slides तपाईंले मन पराउने Google का अन्य एपसँग उपयोगी तरिकाले कनेक्ट गरिएको छ। यसले गर्दा तपाईं आफ्नो समय बचत गर्न सक्नुहुन्छ। Google Sheets का चार्टहरू इम्बेड गर्नुहोस् वा Gmail बाटै सीधै कमेन्टहरूको जवाफ दिनुहोस्। तपाईं Slides बाटै वेब र Google Drive मा सान्दर्भिक सामग्री तथा फोटोहरू खोज्न पनि सक्नुहुन्छ।
PowerPoint फाइलहरूमा थप सहकार्य गर्नुहोस् र थप स्मार्ट सुविधाहरू प्रयोग गर्नुहोस्
अनलाइनमार्फत Microsoft PowerPoint प्रेजेन्टेसन कन्भर्ट नगरिकन सजिलैसँग सम्पादन गर्नुहोस् र Slides का कमेन्ट, सम्पन्न गर्नु पर्ने कार्य र स्मार्ट कम्पोजलगायतका परिष्कार गरिएका सहकार्यात्मक तथा सहायक सुविधाहरूका हकमा तह हाल्नुहोस्।
नयाँ सामग्रीमा काम गर्नुहोस्
सबै जना Slides का सहायताले प्रेजेन्टेसनको नवीनतम संस्करणमा काम गर्न सक्छन्। साथै, परिवर्तनहरू प्रेजेन्टेसनको संस्करणको इतिहासमा स्वतः सेभ हुने भएकाले परिवर्तनहरू सजिलै ट्र्याक वा अन्डू गर्न सकिन्छ।
अन्तर्निर्मित स्मार्ट सुविधाहरू प्रयोग गरेर अझ छिटो स्लाइडहरू बनाउनुहोस्
तपाईं स्मार्ट कम्पोज र अटोकरेक्ट जस्ता सहायक सुविधाहरूका सहायताले अझ छिटो कम त्रुटिसहित स्लाइडहरू बनाउन सक्नुहुन्छ।
अफलाइन हुँदा पनि काम गरिराख्नुहोस्
तपाईं इन्टरनेट नहुँदा पनि Slides मा स्लाइडहरू बनाउन, सम्पादन गर्न, हेर्न तथा प्रयोग गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईं जुनसुकै ठाउँबाट यी कार्यहरू गर्न सक्नुहुन्छ।
सुरक्षा, मापदण्ड तथा गोपनीयता
स्वतः सुरक्षित राख्ने
हामी मालवेयरबाट सुरक्षित राख्ने उन्नत उपायलगायतका सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपायहरू अपनाएर तपाईंको डेटा सुरक्षित राख्छौँ। साथै, Slides क्लाउड नेटिभ एप भएका कारण फाइलहरू स्थानीय रूपमा भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन्छ।
ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गर्ने
Google Drive मा अपलोड गरिएका वा Slides मा बनाइएका सबै फाइलहरू ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गरिन्छन्।
नियामक निकायले तोकेका मापदण्डहरू पालना गर्ने
हामी नियमित रूपमा हाम्रा उत्पादनहरू (जस्तै, Slides) कत्तिको सुरक्षित छन्, गोपनीयता कायम राख्छन् कि राख्दैनन् र मापदण्डहरू पालना गर्छन् कि गर्दैनन् भन्ने कुरा स्वतन्त्र तरिकाले पुष्टि गर्छौँ।
डिजाइनअनुसार निजी बनाउने
Slides ले पनि Google Cloud का अन्य इन्टरप्राइज सेवाहरूले जस्तै गोपनीयता तथा डेटा संरक्षण गर्नका निम्ति सशक्त रूपमा प्रतिबद्धता जनाउँछ।
तपाईं आफ्नो डेटा नियन्त्रण गर्नुहुन्छ।
हामी कहिल्यै पनि विज्ञापन देखाउने प्रयोजनका लागि Slides मा भएका तपाईंका सामग्री प्रयोग गर्दैनौँ।
हामी कहिल्यै पनि तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बिक्री गर्दैनौँ।
आफ्ना लागि उपयुक्त हुने योजना फेला पार्नुहोस्
Google Workspace मा Google Slides समावेश गरिएको हुन्छ
हरेक योजनामा निम्न कुराहरू समावेश गरिएको हुन्छ:
व्यक्तिगत योजनाका हकमा (निःशुल्क) |
Business Standard$12 USD
प्रति प्रयोगकर्ता प्रति महिना, १ वर्षको प्रतिबद्धता
जनाउनु पर्ने हुन्छ info वा मासिक रूपमा शुल्क तिर्ने भए एक जना प्रयोगकर्ता बराबर प्रति महिना $14.40 लाग्छ |
|
---|---|---|
Docs, Sheets, Slides, Forms
सामग्री सिर्जना |
done |
done |
Drive
सुरक्षित क्लाउड भण्डारण |
प्रति प्रयोगकर्ता १५ जि.बि. |
प्रति प्रयोगकर्ता २ टि.बि. |
तपाईंको टोलीका साझा ड्राइभ |
remove |
done |
Gmail
सुरक्षित इमेल |
done |
done |
कस्टम व्यावसायिक इमेल |
remove |
done |
Meet
भिडियो र भ्वाइस सम्मेलन कलसम्बन्धी सुविधा |
१०० जना सहभागी |
१५० जना सहभागी |
Drive मा सेभ गरिएका मिटिङका रेकर्डिङहरू |
remove |
done |
एड्मिन
केन्द्रीकृत प्रशासन |
remove |
done |
समूहमा आधारित सुरक्षा नीतिसम्बन्धी सेटिङ |
remove |
done |
ग्राहक सेवा |
अनलाइन सेल्फ सर्भिस र सामुदायिक फोरमहरू |
सातै दिन चौबीसै घण्टा उपलब्ध हुने अनलाइन ग्राहक सेवा विभाग र सामुदायिक फोरमहरू |
टेम्पलेटहरू प्रयोग गरेर सुरुवात गर्नुहोस्
तपाईं तुरुन्तै कार्य सुरु गर्न चाहनुहुन्छ भने विभिन्न प्रकारका प्रेजेन्टेसन, रिपोर्ट र व्यावसायिक रूपमा डिजाइन गरिएका अन्य टेम्प्लेटमध्ये कुनै कुरा छनौट गर्नुहोस्।
प्रस्ताव
मामलाको अध्ययन
फोटो एल्बम
पुस्तकसम्बन्धी रिपोर्ट
प्रस्ताव
मामलाको अध्ययन
फोटो एल्बम
पुस्तकसम्बन्धी रिपोर्ट
थप जानकारीका लागि Slides Template Gallery मा जानुहोस्।