Google Sheets को प्रयोग गरी डेटामा आधारित निर्णय लिनुहोस्
जुनसुकै डिभाइस प्रयोग गरी अनलाइन स्प्रेडसिटहरू तुरुन्तै बनाउनुहोस् र तिनमा सहकार्य गर्नुहोस्।
डेटासम्बन्धी काम गर्न जुनसुकै ठाउँबाट सहकार्य गर्नुहोस्
सजिलै सेयर गर्न सकिने र तुरुन्तै सम्पादन गर्न सकिने सुविधाका सहायताले आफ्नो अनलाइन स्प्रेडसिटमा भएको डेटालाई विश्वसनीय बनाउनुहोस्। विश्लेषण गर्ने प्रक्रियालाई निरन्तरता दिन कमेन्ट गर्ने सुविधा प्रयोग गर्नुहोस् र सम्पन्न गर्नु पर्ने कार्यहरू तोक्नुहोस्।
अन्तर्निर्मित स्मार्ट सुविधाहरू प्रयोग गरेर अझ छिटो विश्लेषणात्मक जानकारी प्राप्त गर्नुहोस्
स्मार्ट फिल र सूत्रसम्बन्धी सुझाव जस्ता सहायक सुविधाहरूले तपाईंलाई अझ थोरै त्रुटि हुने गरी अझ छिटो विश्लेषण गर्न सघाउँछन्। र सरल भाषामा आफ्नो डेटासम्बन्धी प्रश्नहरू सोधेर तुरुन्तै विश्लेषणात्मक जानकारी प्राप्त गर्नुहोस्।
Google का अन्य एपहरूमा सहजै कनेक्ट गर्नुहोस्
Sheets तपाईंले मन पराउने Google का अन्य एपसँग उपयोगी तरिकाले कनेक्ट गरिएको छ। यसले गर्दा तपाईं आफ्नो समय बचत गर्न सक्नुहुन्छ। Google Forms का डेटा Sheets प्रयोग गरी सजिलै विश्लेषण गर्नुहोस् वा Sheets का चार्टहरू Google Slides र Docs मा इम्बेड गर्नुहोस्। यति मात्र कहाँ हो र! तपाईं Gmail बाटै सीधै कमेन्टहरूको जवाफ दिन र आफ्ना स्प्रेडसिटहरू Google Meet मा स्क्रिन सेयर गरी सजिलैसँग देखाउन सक्नुहुन्छ।
Excel फाइलहरूमा थप सहकार्य गर्नुहोस् र थप स्मार्ट सुविधाहरू प्रयोग गर्नुहोस्
Microsoft Excel का स्प्रेडसिटहरू रूपान्तरण नगरिकन अनलाइनबाटै सजिलैसँग सम्पादन गर्नुहोस् र कमेन्ट, सम्पन्न गर्नु पर्ने कार्य र स्मार्ट फिललगायतका Sheets का परिष्कार गरिएका सहकार्यात्मक तथा सहायक सुविधाहरू प्रयोग गर्नुहोस्।
कस्टम समाधानहरू तयार पार्नुहोस्
व्यावसायिक एप तथा अटोमेसनहरू बनाएर छिटोछरितो रूपमा काम गर्नुहोस्। तपाईं AppSheet प्रयोग गरेर Sheets का लागि कस्टम एपहरू बनाउन सक्नुहुन्छ। उक्त कार्य गर्दा कोड लेख्नु पर्दैन। वा तपाईं Apps Script का सहायताले कस्टम फङ्सन, मेनुका वस्तु र म्याक्रोहरू हाल्न सक्नुहुन्छ।
सधैँ नयाँ डेटा प्रयोग गरी काम गर्नुहोस्
सबै जना सधैँ Sheets का सहायताले स्प्रेडसिटको नवीनतम संस्करणमा काम गर्न सक्छन्। साथै, परिवर्तनहरू स्प्रेडसिट संस्करणको इतिहासमा स्वतः सेभ हुने भएकाले सजिलैसँग परिवर्तनहरू अन्डू गर्न वा स्प्रेडसिटको निश्चित कक्षको सम्पादनको इतिहास पनि हेर्न सकिन्छ।
महत्त्वपूर्ण डेटाका लागि निर्बाध रूपमा कनेक्ट गर्नुहोस्
Salesforce को ग्राहकको जानकारी जस्ता आफूले प्रयोग गर्ने अन्य संयन्त्रहरूको डेटा प्राप्त गर्नुहोस् र उक्त डेटाको विश्लेषण गर्नुहोस्। इन्टरप्राइजका ग्राहकहरू कुनै पनि कोड नलेखिकन "जोडिएका पानाहरू" प्रयोग गरेर पनि Sheets को BigQuery का अरबौँ रोहरूमा भएको डेटा विश्लेषण गर्न सक्छन्।
सुरक्षा, मापदण्ड तथा गोपनीयता
स्वतः सुरक्षित राख्ने
हामी मालवेयरबाट सुरक्षित राख्ने उन्नत उपायलगायतका सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपायहरू अपनाएर तपाईंको डेटा सुरक्षित राख्छौँ। साथै, Sheets क्लाउड नेटिभ एप भएका कारण फाइलहरू स्थानीय रूपमा भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन्छ।
ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गर्ने
Google Drive मा अपलोड गरिएका वा Sheets मा बनाइएका सबै फाइलहरू ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गरिन्छन्।
नियामक निकायले तोकेका मापदण्डहरू पालना गर्ने
हामी नियमित रूपमा हाम्रा उत्पादनहरू (जस्तै, Sheets) कत्तिको सुरक्षित छन्, गोपनीयता कायम राख्छन् कि राख्दैनन् र मापदण्डहरू पालना गर्छन् कि गर्दैनन् भन्ने कुरा स्वतन्त्र तरिकाले पुष्टि गर्छौँ।
डिजाइनअनुसार निजी बनाउने
Sheets ले पनि Google Cloud का अन्य इन्टरप्राइज सेवाहरूले जस्तै गोपनीयता तथा डेटा संरक्षण गर्नका निम्ति सशक्त रूपमा प्रतिबद्धता जनाउँछ।
तपाईं आफ्नो डेटा नियन्त्रण गर्नुहुन्छ।
हामी कहिल्यै पनि विज्ञापन देखाउने प्रयोजनका लागि Sheets मा भएका तपाईंका सामग्री प्रयोग गर्दैनौँ।
हामी कहिल्यै पनि तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बिक्री गर्दैनौँ।
आफ्ना लागि उपयुक्त हुने योजना फेला पार्नुहोस्
Google Workspace मा Google Sheets समावेश गरिएको हुन्छ
हरेक योजनामा निम्न कुराहरू समावेश गरिएको हुन्छ:
व्यक्तिगत योजनाका हकमा (निःशुल्क) |
Business Standard$12 USD
प्रति प्रयोगकर्ता प्रति महिना, १ वर्षको प्रतिबद्धता
जनाउनु पर्ने हुन्छ वा मासिक रूपमा शुल्क तिर्ने भए एक जना प्रयोगकर्ता बराबर प्रति महिना $14.40 लाग्छ |
|
---|---|---|
Docs, Sheets, Slides, Forms
सामग्री सिर्जना |
||
Drive
सुरक्षित क्लाउड भण्डारण |
प्रति प्रयोगकर्ता १५ जि.बि. |
प्रति प्रयोगकर्ता २ टि.बि. |
तपाईंको टोलीका साझा ड्राइभ |
||
Gmail
सुरक्षित इमेल |
||
कस्टम व्यावसायिक इमेल |
||
Meet
भिडियो र भ्वाइस सम्मेलन कलसम्बन्धी सुविधा |
१०० जना सहभागी |
१५० जना सहभागी |
Drive मा सेभ गरिएका मिटिङका रेकर्डिङहरू |
||
एड्मिन
केन्द्रीकृत प्रशासन |
||
समूहमा आधारित सुरक्षा नीतिसम्बन्धी सेटिङ |
||
ग्राहक सेवा |
अनलाइन सेल्फ सर्भिस र सामुदायिक फोरमहरू |
सातै दिन चौबीसै घण्टा उपलब्ध हुने अनलाइन ग्राहक सेवा विभाग र सामुदायिक फोरमहरू |
जुनसुकै ठाउँबाट आफूले चाहेको डिभाइस प्रयोग गरी सहकार्य गर्नुहोस्
आफू जुनसुकै ठाउँमा भए तापनि जुनसुकै मोबाइल डिभाइस, ट्याब्लेट वा कम्प्युटरबाट अफलाइन अवस्थामा हुँदा पनि स्प्रेडसिटहरू बनाउनुहोस्, सम्पादन गर्नुहोस्, हेर्नुहोस् र प्रयोग गर्नुहोस्।
टेम्पलेटहरू प्रयोग गरेर सुरुवात गर्नुहोस्
तपाईं तुरुन्तै कार्य सुरु गर्न चाहनुहुन्छ भने विभिन्न प्रकारका ड्यासबोर्ड, प्रोजेक्ट ट्र्याकर र व्यावसायिक रूपमा डिजाइन गरिएका अन्य टेम्प्लेटमध्ये कुनै कुरा छनौट गर्नुहोस्।
थप जानकारीका लागि Sheets Template Gallery मा जानुहोस्।