Google Forms का सहायताले तुरुन्तै विश्लेषणात्मक डेटा प्राप्त गर्नुहोस्
अनलाइन फारामहरू सजिलै बनाउनुहोस् र सेयर गर्नुहोस् अनि तिनमा प्राप्त भएका जवाफहरू तुरुन्तै विश्लेषण गर्नुहोस्।
डकुमेन्ट बनाए जत्तिकै सजिलैसँग अनलाइन फाराम बनाउनुहोस्
विभिन्न प्रकारका प्रश्नमध्येबाट आफूले चाहेका प्रश्न चयन गर्नुहोस्, प्रश्नहरूको क्रम मिलाउन ड्र्याग एन्ड ड्रप गर्नुहोस् र सूची पेस्ट गरे जत्तिकै सजिलैसँग मानहरू कस्टमाइज गर्नुहोस्।
राम्रोसँग डिजाइन गरिएका सर्वेक्षण तथा फारामहरू पठाउनुहोस्
रङ, फोटो र फन्टहरू कस्टमाइज गरी आफ्नो सङ्गठनको ब्रान्ड सुहाउँदो बनाउनुहोस्। र अझ सहज सुविधाका लागि जवाफका आधारमा प्रश्नहरू देखाउने कस्टम लजिक हाल्नुहोस्।
जवाफको सारांश स्वतः तयार पार्ने सुविधाका सहायताले जवाफहरूको विश्लेषण गर्नुहोस्
जवाफसम्बन्धी डेटा प्रत्यक्ष रूपमा अपडेट हुने चार्टहरू हेर्नुहोस्। अथवा तपाईं डेटा अझ गहन रूपमा विश्लेषण गर्न वा स्वतः अपडेट हुने पार्न चाहनुहुन्छ भने Google Sheets प्रयोग गरी अप्रशोधित डेटा खोल्नुहोस्।
जहाँसुकैबाट फारामहरू बनाउनुहोस् र तिनको जवाफ दिनुहोस्
ठुलो र सानो जुनसुकै स्क्रिन प्रयोग गरी जहाँसुकैबाट फाराम भर्नुहोस्, बनाउनुहोस् र सम्पादन गर्नुहोस्। अरू मान्छेहरू मोबाइल डिभाइस, ट्याब्लेट वा कम्प्युटर प्रयोग गरी जहाँसुकैबाट तपाईंको सर्वेक्षणको जवाफ दिन सक्छन्।
अरूसँग मिलेर फारामहरू बनाउनुहोस् र परिणामहरूको विश्लेषण गर्नुहोस्
अरूसँग मिलेर तुरुन्तै प्रश्नहरू तयार पार्नका लागि Google Docs, Sheets र Slides मा जस्तै सहकर्मीहरू थप्नुहोस्। त्यसपछि फाइलको एकभन्दा बढी संस्करण सेयर नगरिकन अरूसँग मिलेर परिणामहरूको विश्लेषण गर्नुहोस्।
जवाफसम्बन्धी डेटाका लागि नियम तय गर्नुहोस्
अन्तर्निर्मित स्मार्ट सुविधाहरू प्रयोग गरी जवाफ पुष्टि गर्नेसम्बन्धी नियमहरू तय गर्नुहोस्। जस्तै, इमेल ठेगानाहरू सही तरिकाले फर्म्याट गरिएका छन् र सङ्ख्याहरू विशेष दायराभित्र परेका छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
इमेल, लिंक वा वेबसाइटमार्फत फारामहरू सेयर गर्नुहोस्
वेबसाइटमा फारामहरू इम्बेड गरेर वा सोसल मिडियामा लिंकहरू सेयर गरेर विशेष मान्छे वा धेरै दर्शकहरूसँग फारामहरू सजिलै सेयर गर्न सकिन्छ।
सुरक्षा, मापदण्ड तथा गोपनीयता
स्वतः सुरक्षित राख्ने
हामी मालवेयरबाट सुरक्षित राख्ने उन्नत उपायलगायतका सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपायहरू अपनाएर तपाईंको डेटा सुरक्षित राख्छौँ। साथै, Forms क्लाउड नेटिभ एप भएका कारण फाइलहरू स्थानीय रूपमा भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन्छ।
ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गर्ने
Google Drive मा अपलोड गरिएका वा Forms मा बनाइएका सबै फाइलहरू ट्रान्जिटका क्रममा र सक्रिय नहुँदा इन्क्रिप्ट गरिन्छन्।
नियामक निकायले तोकेका मापदण्डहरू पालना गर्ने
हामी नियमित रूपमा हाम्रा उत्पादनहरू (जस्तै, Forms) कत्तिको सुरक्षित छन्, गोपनीयता कायम राख्छन् कि राख्दैनन् र मापदण्डहरू पालना गर्छन् कि गर्दैनन् भन्ने कुरा स्वतन्त्र तरिकाले पुष्टि गर्छौँ।
डिजाइनअनुसार निजी बनाउने
Forms ले पनि Google Cloud का अन्य इन्टरप्राइज सेवाहरूले जस्तै गोपनीयता तथा डेटा संरक्षण गर्नका निम्ति सशक्त रूपमा प्रतिबद्धता जनाउँछ।
तपाईं आफ्नो डेटा नियन्त्रण गर्नुहुन्छ।
हामी कहिल्यै पनि विज्ञापन देखाउने प्रयोजनका लागि Forms मा भएका तपाईंका सामग्री प्रयोग गर्दैनौँ।
हामी कहिल्यै पनि तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बिक्री गर्दैनौँ।
आफ्ना लागि उपयुक्त हुने योजना फेला पार्नुहोस्
Google Workspace मा Google Forms समावेश गरिएको हुन्छ
हरेक योजनामा निम्न कुराहरू समावेश गरिएको हुन्छ:
व्यक्तिगत योजनाका हकमा (निःशुल्क) |
Business Standard$12 USD
प्रति प्रयोगकर्ता प्रति महिना, १ वर्षको प्रतिबद्धता
जनाउनु पर्ने हुन्छ वा मासिक रूपमा शुल्क तिर्ने भए एक जना प्रयोगकर्ता बराबर प्रति महिना $14.40 लाग्छ |
|
---|---|---|
Docs, Sheets, Slides, Forms
सामग्री सिर्जना |
||
Drive
सुरक्षित क्लाउड भण्डारण |
प्रति प्रयोगकर्ता १५ जि.बि. |
प्रति प्रयोगकर्ता २ टि.बि. |
तपाईंको टोलीका साझा ड्राइभ |
||
Gmail
सुरक्षित इमेल |
||
कस्टम व्यावसायिक इमेल |
||
Meet
भिडियो र भ्वाइस सम्मेलन कलसम्बन्धी सुविधा |
१०० जना सहभागी |
१५० जना सहभागी |
Drive मा सेभ गरिएका मिटिङका रेकर्डिङहरू |
||
एड्मिन
केन्द्रीकृत प्रशासन |
||
समूहमा आधारित सुरक्षा नीतिसम्बन्धी सेटिङ |
||
ग्राहक सेवा |
अनलाइन सेल्फ सर्भिस र सामुदायिक फोरमहरू |
सातै दिन चौबीसै घण्टा उपलब्ध हुने अनलाइन ग्राहक सेवा विभाग र सामुदायिक फोरमहरू |
टेम्पलेटहरू प्रयोग गरेर सुरुवात गर्नुहोस्
तपाईं तुरुन्तै कार्य सुरु गर्न चाहनुहुन्छ भने विभिन्न प्रकारका सर्वेक्षण, प्रश्नावली र व्यावसायिक रूपमा डिजाइन गरिएका अन्य टेम्प्लेटमध्ये कुनै कुरा छनौट गर्नुहोस्।
थप जानकारीका लागि Forms Template Gallery मा जानुहोस्।