आफ्ना सामग्री सहजै र सुरक्षित तरिकाले प्रयोग गर्ने सुविधा
Sआफ्ना मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट फाइल र फोल्डरहरू भण्डारण गर्नुहोस्, सेयर गर्नुहोस् तथा तिनमा सहकार्य गर्नुहोस्।
मालवेयर, स्प्याम र र्यान्समवेयरबाट जोगाउने अन्तर्निर्मित सुरक्षा संयन्त्र
तपाईं Drive का सहायताले आफ्ना फाइलमा भएका सामग्री इन्क्रिप्ट गर्न तथा सुरक्षित तरिकाले हेर्न र प्रयोग गर्न सक्नुहुन्छ। तपाईंसँग सेयर गरिएका फाइलहरू अग्रिम रूपमा स्क्यान गरिन सक्छ र ती फाइलमा मालवेयर, स्प्याम, र्यान्समवेयर वा फिसिङ सामग्री रहेको कुरा पत्ता लागेका खण्डमा ती फाइल हटाइन सक्छ। यति मात्र कहाँ हो र! Drive क्लाउड नेटिभ एप भएका कारण फाइलहरू डिभाइसमै भण्डारण गरिराख्नु पर्दैन जसले गर्दा तपाईंका डिभाइसहरूको सुरक्षा जोखिम कम हुन सक्छ।
तपाईंको टोलीले हाल प्रयोग गरिरहेकै उपकरण तथा एपहरूसँग समायोजन
Drive तपाईंको टोलीको विद्यमान प्रविधिसँग समायोजन हुन्छ र यसले त्यसकै पूरकको रूपमा काम गर्छ। फाइलको फर्म्याट नबदलिकन Microsoft Office फाइलहरूमा सहकार्य गर्नुका साथै PDF, CAD फाइल, फोटोलगायतका १०० भन्दा बढी प्रकारका फाइलहरू सम्पादन तथा भण्डारण गर्नुहोस्।
Google को Search र AI प्रविधिले तपाईंको टोलीलाई अझ छिटोछरितो रूपमा काम गर्न मद्दत गर्छ
Drive मा Google को खोज सुविधाका शक्तिशाली संयन्त्रहरू समावेश गरिएका छन्। ती संयन्त्रले द्रुत, भरपर्दो एवं सहकार्यमूलक सुविधा प्रदान गर्छन्। त्यसैगरी Drive खोज चिप जस्ता सुविधाहरूले छिटोछरितो रूपमा अझ सान्दर्भिक परिणामहरू देखाएर तपाईंको टोलीका सदस्यलाई फाइलहरू छिटो भेट्टाउन मद्दत गर्छन्।
आफूले काम गर्ने शैलीमा क्रान्ति ल्याउन हजारौँ टोलीहरू पहिलेदेखि नै Drive प्रयोग गरिरहेका छन्
आफ्ना लागि उपयुक्त हुने योजना फेला पार्नुहोस्
Google Drive भनेको Google Workspace कै एउटा भाग हो
हरेक योजनामा निम्न कुराहरू समावेश गरिएको हुन्छ:
व्यक्तिगत योजनाका हकमा (सित्तैमा) |
Business Standard$12 USD
प्रति प्रयोगकर्ता प्रति महिना, १ वर्षको प्रतिबद्धता
जनाउनु पर्ने हुन्छ वा मासिक रूपमा शुल्क तिर्ने भए एक जना प्रयोगकर्ता बराबर प्रति महिना $14.40 लाग्छ |
|
---|---|---|
Drive
सुरक्षित क्लाउड भण्डारण |
प्रति प्रयोगकर्ता १५ जि.बि. |
प्रति प्रयोगकर्ता २ टि.बि. |
लक्षित दर्शकसँग सेयर गर्ने कार्य |
||
तपाईंको टोलीका साझा ड्राइभ |
||
Docs, Sheets, Slides, Forms
सामग्री सिर्जना |
||
Gmail
सुरक्षित इमेल |
||
कस्टम व्यावसायिक इमेल |
||
Meet
भिडियो र भ्वाइस सम्मेलन कलसम्बन्धी सुविधा |
१०० जना सहभागी |
१५० जना सहभागी |
Drive मा सेभ गरिएका मिटिङका रेकर्डिङहरू |
||
Admin
केन्द्रीकृत प्रशासन |
||
समूहमा आधारित सुरक्षा नीतिसम्बन्धी सेटिङ |
||
ग्राहक सेवा |
अनलाइन सेल्फ सर्भिस र सामुदायिक फोरमहरू |
सातै दिन चौबीसै घण्टा उपलब्ध हुने अनलाइन ग्राहक सेवा विभाग र सामुदायिक फोरमहरू |
तपाईंलाई आफ्नो व्यक्तिगत खातामा थप भण्डारण चाहिएको छ?
Google One भनेको भण्डारणसम्बन्धी सदस्यता योजना हो। तपाईं यो सेवाको सदस्यता लिएर Google Drive, Gmail र Google Photos मा अझ बढी भण्डारण प्राप्त गर्न सक्नुहुन्छ। यसका साथै तपाईंले Google One को सदस्यता लिनुभयो भने तपाईं अतिरिक्त लाभहरू पाउनुहुन्छ र तपाईं यो सदस्यता आफ्नो परिवारका सदस्यसँग मिलेर प्रयोग गर्न सक्नुहुन्छ।